काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानकाको मूर्ती पूजा गरेर आज चितवन पठाएका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा पूजा गरी चितवन पठाएका ती मूर्ती अयोध्यापुरीमा राखिने बताइएको छ । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए ।
प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ ।




प्रतिक्रिया