हठातमा चालु अधिवेशन गरेर सरकारले तानाशाही चरित्र उदांगो पार्‍योः सांसद संग्रौला

हठातमा चालु अधिवेशन गरेर सरकारले तानाशाही चरित्र उदांगो पार्‍योः सांसद संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले हठातमा संसद अधिवेशन अन्त्य गरेर तानाशाही चरित्र उदांगो पारेको आरोप लगाएकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी थिइन् । उनले हिउंदे अधिवेशनमा एउटा विधेयक पनि प्रस्तुत नगरी संसद छलेको आरोप लगाएकी छन् ।

‘सरकारले सरकारले सम्माननीय सभामुखज्यूसंग परामर्श नै नगरी प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर आफ्नो तानाशाही चरित्र उदांगो पारेको छ’, उनले भनिन्, ‘विधेयक अधिवेशन पनि भनिने हिउंदे अधिवेशनमा एउटा विधेयक पनि प्रस्तुत नगर्ने, संसद छलेर हिंड्न खोज्ने सरकारको रवैया देखियो ।’

सांसद संग्रौलाले सर्वोच्च अदालतले संसद पुनःस्थापनापछि प्रधानमन्त्रीले संसदलार्य सम्बोधन पनि नगरेको र नैतिकताका आधारमा राजीनामा नदिएकोमा असन्तुष्ट व्यक्त गरेकी छन् ।

‘सम्मानित सर्वोच्च अदालतको आदेश पछि पुनर्स्थापित संसदलाई प्रधानमंत्रीले सम्बोधन गरेनन्, न त नैतिकताको आधारमा राजीनामा नै दिए । उल्टो सत्तारुढ दल भित्रको झगडाले कर्णाली प्रदेश सभामा ‘फ्लोर क्रस’ गर्ने जस्तो विकृति देखिएको छ’, उनले भनिन् ।

सांसद संग्रौलाले संसदको अवमूल्यन गर्ने, संसदीय मूल्य र मान्यताहरुको खिल्ली उडाउने सबै खाले क्रियाकलापको भण्डाफोर गर्नुको विकल्प नरहेको बताएकी छन् ।

‘संसदको अवमूल्यन गर्ने, संसदीय मूल्य र मान्यताहरुको खिल्ली उडाउने सबै खाले क्रियाकलापको भण्डाफोर गर्नुको विकल्प छैन । प्रतिपक्षको रुपमा हामीले खबरदारी गर्यौं, जनतालाई सचेत गरायौं । आशा गरौँ, जनता जनार्दनले उपयुक्त समयमा फैसला सुनाउने नै छन्’, उनले भनिन् ।