माधव नेपालसहित ३२ जना सांसदलाई एमालेले स्पष्टिकरण पत्र पठायो

माधव नेपालसहित ३२ जना सांसदलाई एमालेले स्पष्टिकरण पत्र पठायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टी हितविपरित कार्य गरेको भन्दै ३२ जना नेताहरुलाई स्पष्टिकरण गरेको छ । एमालेले संघीय संसदका २७ जना र कर्णाली प्रदेशका पाँच जनासहित ३२ जना सांसदहरुलाई सांसदलाई स्पष्टिकरण सोधेको हो ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनमा स्पष्टिकरण दिन निर्देशन दिइएको हो । प्रमुख सचेतक विशाल भट्टराईले सम्बन्धित व्यक्तिलाई स्पष्टिकरण पत्र पठाइएको जानकारी दिए ।

यस्तो छ नेकपा एमालेले स्पष्टिकरण सोधेका सांसदको लिष्ट

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली