माधव नेपाल समूहलाई निलम्बनले पुग्दैन, पार्टीबाट निष्काशन गर्नुपर्छः कर्ण थापा


काठमाण्डु – नेकपा एमालेका नेता कर्ण थापाले माधव नेपाल समूहलाई पार्टीबाट निष्काशन गर्नुपर्ने बताएका छन् ।

मंगलबार एक कार्यक्रममा बोल्दै नेता थापाले माधव नेपालहरुलाई ६ महिनाको निलम्बनले नपुग्ने भन्दै पार्टीबाट निष्काशन गर्नुपर्ने बताए ।

‘माधव नेपालहरुलाई ६ महिनाको निलम्बनले पुग्दैन । अब उहाँहरुलाई पार्टीबाट निष्काशन गर्नुपर्छ । उहाँहरुको काम छैन् । एमालेभित्र जति राखिन्छ भ्रम सिर्जना हुन्छ । भ्रमबाट पारेर मान्छेलाई अन्तै लैजाने उहाँको जटिल षड्यन्त्र छ । त्यो षड्यन्त्रको भण्डाफोर गर्ने कर्तव्य पनि हाम्रै हो । आवेश र प्रतिशोधको भावना मात्रै राखिरहनुभयो’, उनले भने ।

नेता थापाले माधव नेपाल प्रचण्डको महत्वकांक्षामा मलजल गरेर फूटको दिशामा गएर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्न कसम खाएर लागेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement