काठमाण्डु – नेकपा माओवादी केन्द्रको बैठक पनि बस्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि सुरु हुने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मंगलबार ६ कार्यसूचीमाथि छलफल भएको थियो । पहिलो दिनको बैठकमा अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ र स्थायी समिति सदस्यहरुको रिर्पोटिङ भइसकेको छ । दोस्रो कार्यसूची विधान संशोधनसम्बन्धी छ । त्यस्तै यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन गर्ने सन्दर्भबारे छलफल गर्ने कार्यसूची समेत रहेको छ ।
विविध विषय अन्तर्गगत कोभिड–१९ को दोस्रो लहरबारे निणयन्त्रण, विभिन्न पार्टीहरुसँग भइरहेको राजनीतिक वार्ताबारे छलफल गर्ने कार्यसूची समेत बैठकको छ । यही बैठकले अब बोलाउन लागिएको केन्द्रीय कमिटीका कार्यसूची समेत तय गर्ने छ ।




प्रतिक्रिया