काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ आज बुझाउने तयारी गरेका छन् ।
पार्टी अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीले वरिष्ठ नेता नेपाल सहित २७ संघीय सांसद र पाँच जना कर्णाली प्रदेश सांसदहरुलाई दुईदिनभित्र स्पष्टीकरण दिन पत्र पठाएको थियो । नेता नेपाल निकट श्रोतका अनुसार मंगलबार नै नेपाल समूहका सांसद, केन्द्रीय नेताहरू बसेर स्पष्टीकरण बुझाउने र अन्तिमसम्म पार्टी एकताकै निम्ति संघर्ष गर्ने निचोड निकालेका थिए ।
नेता नेपाललाई पार्टी अनुशासन विपरीत कर्णालीमा फ्लोर क्रस गर्न दुरुत्साहित गरिएको, सांसदहरू भड्काएको आरोप लगाइएको छ । नेता नेपालसहित २७ सांसदहरुले आजै स्पष्टीकरण पत्र बुझाउने तयारी गरेको श्रोतले जानकारी दियो ।




प्रतिक्रिया