काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धा हेर्न नभ्याइनेमा राखिएको छ । संवैधानिक इजलासले अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइनेमा राखेको हो ।
लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको थियो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।
गत ३ पुस र २३ माघ २०७७ मा पेसी तोकिएपनि सर्वोच्चले मुद्दा हेर्न नभ्याइनेसूचीमा राखेको थियो । सापकोटाविरुद्धको यो मुद्दामा २५ पटकसम्म पेसी तोकिएको थियो ।
माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ सालमा अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले मुद्दा दर्ता गरेका थिए ।




प्रतिक्रिया