काठमाण्डु – ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ध्वस्त भएको धरहराको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा २२ तलाको बनाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले झन्डै ४ अर्ब खर्चमा धरहरा निर्माण गरेको हो । सो धरहराको बैशाख ११ गते उद्घाटन गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए ।
पुनःनिर्माणका अधिकांश कार्य सम्पन्न भएसँगै प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने भएको छ ।


तस्वीर/रासस




प्रतिक्रिया