गायनमा जम्दै मनिष ढकाल

गायनमा जम्दै मनिष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनिष ढकाल पछिल्लो समय लोक पप, आधुनिक गीतको क्षेत्रमा स्थापित नाम हो । उनका गीतहरु ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’ बजारमा आएका छन् ।

सबैजसो गीत चर्चामा रहन सफल छन् । पछिल्लो पटक बजारमा आएको गीत ‘बटौली’ ले युट्युबमा राम्रो भ्युज बटुलेको छ । उनका पाँच नयाँ गीत रेकर्ड भइसकेका छन् भने ‘चुरापोते’, ‘उडूँउडूँ’, ‘तलतल’, ‘यो के भयो’ र ‘केटाभन्दा केटी धेरै’ बोलका गीत बजारमा आउँदै छन् । ‘अब आउन लागेका गीत पनि उत्तिकै मेहनेत गरी बनाइएको छ’, उनी भन्छन्, ‘सबै गीतले दर्शक स्रोताको मन जित्ने विश्वास लिएको छु ।’

ती गीतले २५ वर्षीय ढकालको साङ्गीतिक यात्रालाई अझै फराकिलो बनाउने देखिन्छ । उनका गीतमा चर्चित कलाकारले अभिनय तथा शब्दसङ्गीत गर्ने गरेका छन् । केही गीतमा ढकालको आफ्नै अभिनय छ । ढकालका सबै गीत एकल स्वरमा आधारित छन् । अब आउने गीत ‘चुरापोते’ मा भने उनी र रचना रिमालको स्वर छ ।

उनी बाल्यकालदेखि नै गीत, सङ्गीतमा रुचि राख्ने गर्दथे । ‘कक्षा २ मा पढ्दा पहिलो पटक स्टेज चढेर गीत गाएको हुँ’, विसं २०७२ मा पहिलो पटक गीत रेकर्ड गरेर औपचारिक रुपमा साङ्गीतक क्षेत्रमा लागेका उनले भने, ‘विभिन्न मेला, महोत्सव तथा आइडलमा पनि भाग लिएको छु ।’

अन्य युट्युब च्यानलबाट गीत बजारमा ल्याइने गरे पनि अब आफ्नै व्यक्तिगत च्यानलबाट ल्याउने तयारी रहेको उनले बताए । गीत सङ्गीतका क्षेत्रमा प्रशस्तै सम्भावना रहेको उनले बताए । ‘राम्रो गर्न सके थोरै सिर्जनाबाट पनि चर्चा बटुल्न सकिन्छ’, ढकालले भने, ‘मेहनेतपूर्वक सिर्जना गरियो भने छिट्टै दर्शक, स्रोताको नजरमा पर्न सकिन्छ ।’ उनले गीत सङ्गीतका क्षेत्रमा केही विकृति रहेको समेत बताए । ‘यस क्षेत्रलाई इज्जत र सम्मानजनक पेशाका रुपमा विकास गर्न अग्रज तथा स्थापित कलाकारले विशेष ध्यान पु¥याउनुपर्छ’, उनले भने ।

ढकाल घरपरिवारकै हौसला र प्रेरणाका कारण साङ्गीतिक क्षेत्रमा आफू प्रवेश गरेको बताउाछन् । उनका बुवा रामप्रसाद सफल उद्योग व्यवसायी हुन् । ‘मलाई गायक बनाउने बुवाको ठूलो चाहना थियो’, उनले भने, ‘बुवाको सपना साकार पार्न पाएकामा निकै खुशी छु ।’ उनले अझै थुप्रै मेहनेत गरी स्थापित कलाकार बन्ने आफ्नो इच्छा रहेको बताए ।