प्रधानमन्त्रीलाई योगेश भट्टराईले भनेः पार्टीलाई एकताबद्ध बनाउनुस्

प्रधानमन्त्रीलाई योगेश भट्टराईले भनेः पार्टीलाई एकताबद्ध बनाउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।बुधबार दिउँसो नेता भट्टराई पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा नेता भट्टराईले पार्टीलाई फूटबाट जोगाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले विगतका तिता मिठा कामलाई बिर्सिएर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको जानकारी दिए ।

‘तपाईले उदार मनका साथ पार्टीलाई एकताबद्ध बनाउनुस्’, नेता भट्टराईले भने ।

जवाफमा प्रधानमन्त्री ओलीले आफ्ना तर्फबाट भूमिका खेल्ने र पार्टीमा आउन आग्रह गरेका थिए । मंगलबार प्रधानमन्त्री ओलीले नेता भट्टराईसहित २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोधेका थिए ।