काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गरिएकोमध्ये २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाण्डु उपत्यकामा मात्र १०५१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाण्डुमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम जानकारी दिए ।
यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।




प्रतिक्रिया