अदालतमा नेपाल–खनालको निवेदनः ओलीले कारबाही गर्ने आशंका छ, रोकी पाउँ

अदालतमा नेपाल–खनालको निवेदनः ओलीले कारबाही गर्ने आशंका छ, रोकी पाउँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहले सर्वोच्च अदालतमा दिएको छ । बुधबार सर्वोच्च अदालत पुगेर नेपाल–खनाल समूहले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्ध निवेदन दिएको हो ।

तर, आज निवेदन दर्ता हुन सकेन । नेपाल पक्षका कानुन व्यवसायी अधिवक्ता टिकाराम भट्टराईले निवेदन भोली दर्ता हुने जानकारी दिए ।

एमालेले नेपाल पक्षका सांसदलाई कारबाही प्रक्रिया अघि बढाएपछि कारबाही रोक्न र गैरकानुनी रुपमा गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै निदेवदन दिएको हो ।

रिटमा पार्टी अध्यक्ष ओलीले कुनै पनि बखत कारबाही गर्ने आशंका भएकोले त्यस्तो कार्य रोक्न आदेश गर्न माग गरेका छन् ।

नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराई र शम्भु थापा लगायतका कानुन व्यवसायी सर्वोच्च पुगेर वारेसनामामार्फत अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गर्न सर्वोच्च पुगेका थिए ।

एमालेले मंगलबार नेता नेपालसहितका संघका २७ जना सांसद र कर्णाली प्रदेशका ५जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । पार्टी अध्यक्ष अ‍ोलीले ‘सांसदबाट किन नहटाउने ?’ भन्दै स्पष्टिकरण सोधेपछि नेपाल समूहले प्रतिरक्षाका लागि अदालत पुगेको हो ।