स्वास्थ्य मन्त्रालयले भन्योः धान्नै नसक्ने गरी संक्रमित बढे, आवश्यक नपरी बाहिर ननिस्कनुस्

स्वास्थ्य मन्त्रालयले भन्योः धान्नै नसक्ने गरी संक्रमित बढे, आवश्यक नपरी बाहिर ननिस्कनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन आग्रह गरेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण दर अत्यधिक बढेको भन्दै मन्त्रालयले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमा हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसक्ने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।