कारबाहीमा पर्न थालेपछि पार्टीको सम्पर्कमा आउन थाल्यो नेपाल पक्ष

कारबाहीमा पर्न थालेपछि पार्टीको सम्पर्कमा आउन थाल्यो नेपाल पक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कारबाहीमा पर्न थालेपछि नेकपा एमाले माधव नेपाल पक्ष पार्टीको सम्पर्कमा आउन थालेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार २७ जना सांसदलाई कारबाही गर्ने चेतावनीसहितको स्पष्टिकरण पत्र काटेपछि सांसदहरु पार्टीको सम्पर्कमा आउन थालेका हुन् ।

बुधबार दिउँसो नेपाल पक्षका नेता योगेश भट्टराईले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका थिए । उनले आफूहरु पार्टी एकताको पक्षमा रहेकाले सबैलाई मिलाएर लैजान प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर एमाले र माअ‍ोवादी केन्द्र ब्यूँताएको थियो । प्रधानमन्त्रीले फागुन २८ गते आफू निकट केन्द्रीय सदस्यको बैठक राखेर निर्णय गरेपछि नेपाल पक्षले पनि छुट्टै संगठन विस्तार गर्दै आएको छ ।