काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच बुधबार साँझ नक्सालको मेरियट होटलमा भेटवार्ता भएको हो ।
करिब दुई घण्टा चलेको भेटवार्तामा पार्टीको विवादका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । भेटवार्ता सकारात्मक भएको बताइएको छ । भेटवार्तापछि नेता नेपालले आफू केही नबोल्ने बताएका थिए ।
सर्वोच्चको गत फागुन २३ गतेको फैसलापछि ब्युँतिएको नेकपा एमालेमा दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ ।
अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ ।




प्रतिक्रिया