काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा मध्यमदेखि हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार बिहान पनि वर्षा भइरहेको छ । दिउँसो तिर पानी पर्ने क्रम रोकिने छ । घाम राम्रोसँग नलागे पनि मौसम बिस्तारै खुल्दै जानेछ । भोलि मौसम सफा रहने छ ।
अहिले प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया