बल्खुमा एमालेको अत्याधुनिक भवन शिलान्यास

बल्खुमा एमालेको अत्याधुनिक भवन शिलान्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुमा पुरानो पार्टी कार्यालय रहेको जग्गामा नयाँ बन्ने भवन शिलान्यास गरेका हुन् ।

१३ रोपनी जग्गामा निर्माण हुने भवन अत्याधुनिक हुने पार्टीका आर्थिक विभाग प्रमुख बिष्णु रिमालले जानकारी दिए । बल्खुमा २०५१ सालमा एमालेको भवन बनाइएको थियो । २०७२ सालको भूकम्पले सो भवन भत्किएको थियो । भवन भत्किएपछि धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन हुँदै आएको थियो । बल्खुमा भवन निर्माण नहुञ्जेल थापाथलीमा कार्यालय सञ्चालन गर्ने गरी आजै उद्घाटन गरिंदैछ ।

नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुने एमालेले जनाएको छ । सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ । मदननगर बल्खुमा अवस्थित जननेता मदन भण्डारीको शालिक नयाँ भवनको अगाडि पनि कायमै रहने बताइएको छ । भवन अपांगमैत्री बनाउनेगरि डिजाइन भइरहेको एमालेले जनाएको छ ।