प्रधानमन्त्रीलाई घनश्याम भूसालको जवाफः कुनै पनि परिणाम ब्यहोर्न आफू तयार छु

प्रधानमन्त्रीलाई घनश्याम भूसालको जवाफः कुनै पनि परिणाम ब्यहोर्न आफू तयार छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उप–महासचिव घनश्याम भूसालले एमाले विभाजन टार्न अध्यक्ष केपी शर्मा ओलीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बिहीबार संसदीय दलमा बुझाएको स्पष्टीकरणमा भूसालले पार्टी विभाजन भए नयाँ पीँढीले असाधारण मूल्य चुकाउनु पर्ने बताएका छन् ।

‘आज पार्टीमा देखा परेका समस्या र तिनले उत्पन्न गरेको विभाजनको खतरालाई टार्न पार्टीको अध्यक्ष र संसदीय दलको नेताको हिसाबले तपाईँले खेल्नु पर्ने भूमिका महत्वपूर्ण छ’ भूसालले लेखेका छन्, ‘इतिहासमा अग्रजहरुको बलिदानको जगमा हामी आज बाँचेको पीँढीले आफ्नो जिन्दगीमा धेरै फाइदा लिएको छ तर आजका हाम्रा कर्मले आम जनता र आउने पीँढीले असाधारण मूल्य तिर्नु पर्ने अवस्था आउँदैछ ।’

उनले पार्टीलाई जोगाउन व्यक्तिगतरुपमा आफूले के के त्याग गर्नु पर्ने हो त्यो सबैका लागि आफू तयार रहेको बताएका छन् । नेता भूसालले भनेका छन्, ‘त्यसका लागि तपाईँको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु ।’

उनले भेला पार्टीको इतिहास, गौरव, विधि, मूल्यहरुको रक्षाका लागि भएकोले यसबापत ब्यहोर्नुपर्ने परिणाम ब्यहोर्न आफू तयार भएको बताएका छन् । उनले भनेका छन्, ‘यस वापत ब्यहोर्नुपर्ने कुनै पनि परिणाम ब्यहोर्न आफू तयार नै रहेको कुरा अनुरोध गर्छु ।’