जसपाको मुद्दा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

जसपाको मुद्दा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले जनता समाजवादी पार्टीका माग पूरा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेलमा रहेका जसपाका नेता तथा कार्यकर्ताका मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले मुद्दा फिर्ता नमिल्ने भएकाले महान्यायाधिवक्तामार्फत मुद्दा फिर्ता लिने एक मन्त्रीले जानकारी दिए । सरकारले सबै कानूनी प्रक्रिया पूरा गरेपछि सहमति सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । मधेश आन्दोलनबारे अध्ययन गर्न गठित पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्ने निर्णय भएको हो ।

जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीसहित सबै कार्यकर्ताहरुलाई रिहा गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा गरे मात्रै सरकारलाई समर्थन हुने बताउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पनि जसपाका माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।