काठमाण्डु– जसपा नेता मोहम्मद इस्तियाक राईले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुर्सी बचाउन लागेको आरोप लगाएका छन् ।
नेपालगंज कोरोना संक्रमणको हटस्पट बनेको र भेरि अंचल अस्पतालमा कोभिड आइसोलेसन वार्ड भरिएर बिरामी बेड नपाएर बाहिर छटपटाइरेहेको बेला सरकार भने आफ्नो गुट,कुर्सी बचाउन लागेको उनले आरोप लगाएका छन् ।
बांकेबाट निर्वाचित सांसद समेत रहेका पुर्व शहरीविकास मन्त्री राईले कुर्सी र सरकारसंगै जनताको प्राण रक्षाका निम्ति पनि अविलम्ब व्यवस्थापन गरिदिन उनले सरकारसंग आग्रह गरेका छन् ।
उनले सामाजिक संजाल टिवटरमा लेखेका छन् ‘प्रधानमन्त्री सरकार जोगाउन र माधव नेपाल गुटलाई ठेगान लगाउनमै व्यस्त,जनता आफै सर्तक बनौ किनकि सरकारको तयारी यस्तो छ : वीर,पाटन,पोखरा र धरानजस्ता प्रमुख अस्पतालका अक्सिजन प्लान्ट एक वर्षअघि नै बिग्रिएका हुन,यो महामारीमा समेत बनेका छैनन् । गत वर्ष सांसद कोषबाट भेरि अस्पतालमा भेन्टीलेटरका लागी डेढ करोड छुट्याएको रकम स्थानीय तहले फ्रिज गराए । प्रधानमन्त्रीज्युबाट गुट भेला शिलान्यासबाट फुर्सद भइसकेको छ भने यता जनताको हालत के छ यता पनि ध्यान जाओस । ’
कोरोना संक्रमणबाट बांकेमा एकै दिन दुई जना महिलाको मृत्यु भएको छ भने ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म बांकेमा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । बिहीबार बिहानसम्म संक्रमितको संख्या १३ सय पुगेको छ । नेपालगंजमा बेड पाउन कोरोनाका गम्भीर बिरामी पालो कुनुपर्ने अवस्थामा छन् ।




प्रतिक्रिया