वामदेवलाई प्रधानमन्त्रीको आग्रहः पार्टीको काममा फर्किनूस्

वामदेवलाई प्रधानमन्त्रीको आग्रहः पार्टीको काममा फर्किनूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । बिहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री अ‍ोली र नेता गौतमबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री अ‍ोलीले पार्टीका काममा फर्किन आग्रह गरेका थिए । जवाफमा नेता गौतमले गत फागुन २८ गते गरेको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए ।

‘उहॉ (प्रधानमन्त्री)ले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें’, गौतमले भने ।

प्रधानमन्त्री अ‍ोलीले फागुन २८ गतेका निर्णय फिर्ता नहुने जवाफ दिएपछि नेता गौतम म तपाईंसँग आउन पनि सक्दिन भनेर त्यहाँबाट बाहिरिएका थिए ।

‘उहाँ (प्रधानमन्त्री) ले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ’, उनले भने ।