आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायु र पश्चिमी वायुका कारण देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।