गिद्ध मृत्युको घटनाको छानविन गर्न भेटेरिनरी एशोसिएसनको माग

गिद्ध मृत्युको घटनाको छानविन गर्न भेटेरिनरी एशोसिएसनको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न नेपाल भेटेरिनरी एशोसिएसनले प्रशासनसँग माग गरेको छ ।

एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरका छन् ।

अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको छ । यस्तै उनले काभ्रेमा कुकुरलाई अमानवीय ढंगले मारिएको घटनाप्रति खेद व्यक्त गरेका छन् ।