बालुवाटारमा प्रधानमन्त्रीले भनेः हाम्रो भागमा जित मात्र छ, ५० लाख भाेट ल्याउने हो

बालुवाटारमा प्रधानमन्त्रीले भनेः हाम्रो भागमा जित मात्र छ, ५० लाख भाेट ल्याउने हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् ।

शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेका हुन् । उनले माओवादीले कारबाही गरेका सांसदलाई पुनः जिताएर ल्याउने दाबी गरे ।

‘हाम्रो पार्टीतिर लागेका कारणले माओवादीले कारबाहीको नाउँमा रिक्त बनाएका पदहरूमा ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ । हामीले निष्कासन गरेका मान्छेहरू दोहोर्याएर जित्दैनन्’, ओलीले भने ।

उनले पूर्वमाओवादी नेताहरू प्रचण्डको डर, धम्की, मुद्दा सामना गर्दै आफ्नो सांसद पद त्यागेर आएकाले उनीहरूलाई पुनः चुनाव जिताएर ल्याउने दोहोर्याए ।

‘एमालेमा लागेपछि जसरी पनि संरक्षण हुन्छ । केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुँदैन । हाम्रो पार्टी ध्वंस बनाउने, पार्टी कार्यालय कब्जा गर्ने चरण सामना गरेर आएका छौं’, ओलीले भने, ‘अब हाम्रो भागमा जित मात्र छ । २०७४ सालमा पपुलर मत, ४४ लाख मत पाएको हो । अब ५० लाख ल्याउने हो ।’