एमाले केन्द्रिय समितिको बैठक सुरु

एमाले केन्द्रिय समितिको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रिय समितिको बैठक सुरु भएको छ । १० बजेका लागि बोलाइएको बैठक केहीसमय ढिला गरी भएको हो । यसअघि स्थायी कमिटी बैठक बसेको थियो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा केन्द्रिय समितिको आकस्मिक बैठक बोलाएका थिए । आजको बैठकमा संगठन विस्तारसहित माधव नेपाल समूहमाथि थप कारबाही लगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

यसअघि वैशाख १० गते एमाले महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो ।