काठमाण्डु – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सुरु भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि बैठक बोलाएका हुन् ।
आजको बैठकमा पछिल्लो समय बढिरहेको कोरोना भाइरसको संक्रमण, लकडाउनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
सरकारले तत्काल लकडाउन नगर्ने बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लकडाउनको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्ने भएकाले लकडाउन गर्ने योजना नरहेको बताएका हुन् ।




प्रतिक्रिया