परिचयपत्र बिना पीसीआर गर्ने प्रयोगशालालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयकाे चेतावनी

परिचयपत्र बिना पीसीआर गर्ने प्रयोगशालालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयकाे चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै प्रयोगशालाहरुलाई कोभिड–१९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड–१९ को परीक्षणका व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

परिचयपत्र बिना पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरुलाई कारबाही गर्ने समेत जनाइएको छ । पछिल्लो समय नेपालमा कोरोना परीक्षण गर्ने भारतीयको संख्या बढ्न थालेपछि मनत्रालयले यस्तो निर्देशन दिएको हो ।