काठमाण्डु – जनता समाजवादी पार्टीले सरकारका विषयमा कित्ता क्लियर गरेको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुरसहित उपेन्द्र यादव समूहका केही सांसद सरकारमा जान सहमत भएका हुन् । अध्यक्ष ठाकुर पक्षका १६ र उपेन्द्र यादव समूहका ६ जना सांसद सरकारमा जान सहमत भएका हुन् ।
उनीहरुले औपचारिक रुपमा सरकारलाई समर्थन रहेको जानकारी गराउने जसपाका एक सांसदले जानकारी दिए । जसपासँग हाल ३२ जना सांसद रहेका छन् । अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्ना माग पूरा गरे सरकारमा सहभागी हुने बचन दिइसकेका छन् ।
पार्टीमा माधव नेपाल समूहबाट सहयोग नपाएका प्रधानमन्त्री अोली सरकारमा बहुमत जुटाउने प्रयासमा छन् । उनले जसपालाई केही मन्त्रालय दिएर सरकारमा ल्याउन कसरत गरिरहेको स्रोतको दाबी छ ।
सरकारमा जाने विषयमा जसपाभित्र पनि मतान्तर रहेका बेला जसपाका बहुमत सांसदले कित्ता क्लियर गरेका हुन् । अध्यक्ष ठाकुर समूह सरकारले आफ्ना माग पूरा गरे सहयोग गर्ने बचन दिएको छ । तर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई कांग्रेसको नेतृत्वमा नयाँ सरकारमा सहभागी हुनुपर्ने बताउँदै आएको छ ।




प्रतिक्रिया