काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली कांग्रेसलाई सघाउने बचन दिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर नेता नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा आफ्नो सहयोग गर्ने बचन दिएका हुन् ।
प्रधानमन्त्री अोलीले नेता नेपालले देउवालाई भेटेर फ्लोर क्रस गर्ने बचन दिएको बताएका छन् । प्रधानमन्त्री अोलीले माधव नेपालले २१ जना सांसद आफ्नो पक्षमा भएकाले अविश्वासको प्रस्ताव ल्याउन देउवालाई आग्रह गरेको खुलासा गरेका हुन् ।




प्रतिक्रिया