कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायुको प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

यस्तै राति प्रदेश १, प्रदेश २ लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।