काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुको स्वाव संकलन सुरु गरिएको छ ।
कोरोना परीक्षणका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा स्वाब संकलन सुरु गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।
केन्द्रीय सदस्य, कार्यालयका कर्मचारी, नेताहरुका स्वकीय सचिव, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको स्वाब लिन लागिएको हो ।
कोरोना संक्रमणको जोखिमबढेको भन्दै आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएकोे छ । अर्को बैठक कोरोना परीक्षणको रिपोर्ट आएपछि बोलाइने बताइएको छ ।




प्रतिक्रिया