बाँके र सुर्खेतमा एक हप्ता लकडाउन

बाँके र सुर्खेतमा एक हप्ता लकडाउन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढेको भन्दै बाँके र सुर्खेतमा लकडाउन गरिएको छ । दुवै जिल्लामा संक्रमण उच्च रहेको भन्दै एक साताका लागि लकडाउन गरिएको हो ।

बाँकेमा आज रातीबाट र सुर्खेतमा मंगलबार रातीबाट लकडाउनको घोषणा गरिएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

मन्त्रीपरिषदको २०७८ बैशाख ६ गतेको आदेश, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बाँके जिल्लाभरी यही बैशाख २० गते राती १२ बजेसम्म हिडडुल गर्न निषेध गरिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार कोरोना भाईरस संक्रमण नियन्त्रण बाहिर जान थालेपछि निषेधाज्ञा गर्नुपरेको हो ।