डिजिटल प्रविधिको प्रयोग बढाउन लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्टको घोषणा

डिजिटल प्रविधिको प्रयोग बढाउन लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्टको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लक्ष्मी बैंकले एलएक्सबी कनेक्ट नामक एपीआई डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ । बैंकले एपीआई बैंकिङ्गको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एलएक्सबी कनेक्ट नामक एपीआई डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको हो ।

यस साझेदारीअन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् । एलएक्सबी कनेक्ट सेन्डबक्स इन्भाइरोमेन्ट अन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआईसँग सम्बन्धित कार्यसँग एकिकरणको सम्भावनाहरुलाई कार्यान्वयन गन तथा आफू अनुकूल प्रयोग गर्न सकीनेछ ।

लक्ष्मी बैंकले निम्न बमोजिम खाता व्यवस्थापन, वित्तीयत था गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी एपीआईमा पहुँच प्रदान गर्ने छ ।

खाता व्यवस्थापनःखाता खोल्ने, खाताव्यवस्थाप नगर्ने, ग्राहक पोर्टफोलियो बनाउने

वित्तीयःहितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी,तलब भुक्तानी, सेटलमेन्टआदी ।

गैरवित्तीयःविनिमय दर, शाखा\एटीएमहरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज १२९ शाखाहरु, ५ हस्पितल काउन्टर, १५८ एटिएमतथा २५०० भन्दा बढी रेमिट्यान्स, ६१ शाखा सहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन् ।

सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदानगर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुदपनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बैँक अगाडि आएको छ ।

उच्चस्तरीय संस्थागत सु–शासान संस्कार, जोखिम व्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।