प्रहरीको मास्क खै ? अभियानः काठमाण्डुबाट १६ सय जना होल्ड

प्रहरीको मास्क खै ? अभियानः काठमाण्डुबाट १६ सय जना होल्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले कोरोना भाइरसको संक्रमण बढेको अवस्थामा मास्क नलगाउनेहरुमाथि कडाई गर्न थालेको छ ।

सोमबार बिहानबाट प्रहरीले मास्क नलगाउनेहरुलाई नियन्त्रणमा लिन थालेको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई आधा घण्टा होल्ड गर्न थालेको छ । सडकमा बसेका प्हरलिे ‘मास्क खै ?’ लेखेको प्ले कार्ड बोकेर सचेत गराउँदै आएका छन् ।

काठमाण्डु परिसरका एसपी रमेश बस्नेतले मास्क नलगाई हिँड्नेलाई आधा घण्टा नियन्त्रणमा लिएर कोरोना सङ्क्रमणबारे जानकारी गराउँदै मास्क लगाएर पठाउने गरेको जानकारी दिए ।

बिहानबाट सुरु गरिएको सचेतना कारबाहीका क्रममा १६ सय जनालाई होल्ड गराएर मास्क लगाउन लगाइएको छ । प्रहरीले सचेत गराउँदा पनि मास्क नलगाए मङ्गलवारबाट जरिवाना गराउने तयारी गरेको छ ।