काठमाण्डु – नेपाल चिकित्सक संघले तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग माग गरेको छ ।
संघले सोमबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित भइरहेको र संक्रमितले अस्प्तालका बेडहरु भरिएकाले संक्रमित जिल्लाहरुमा स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग माग गरेको हो ।
संघले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहसँग समन्वय गरेर नियमित स्वास्थ्य परीक्षण बन्द गर्दै कोरोनाको उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्न र अस्पतालमा बेड अक्सिजनको संख्या थप्न माग गरेको छ ।
‘कोभिडमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषणा गरिएको जोखिम भत्ता तथा बीमालाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने र भिडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरु बन्द गर्नुपर्ने’, विज्ञप्तिमा भनिएको छ ।
फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु अझै पनि कोरोनाविरुद्धको खोपबाट बञ्चित हुनुपरेको भन्दै संघले तत्काल खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।






प्रतिक्रिया