काठमाण्डु – गण्डकी प्रदेशका सांसद दीपक मनाङे अर्थात राजीव गुरुङले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको साथ छोडेका छन् ।
नेकपा एमालेको समर्थनमा मनाङबाट विजयी भएका सांसद गुरुङले मुख्यमन्त्री गुरुङको साथ छोडेका हुन् । उनले संसद सचिवालयमा आफ्नो स्वतन्त्र सांसदको हैसियत माग गर्दै संसद्मा छुट्टै बस्ने सिटको माग गरेका छन् ।
सांसद गुरुङले छुट्टै स्थान माग गर्दै निवेदन दिएको संसद् सचिव हरिराज पोखरेलले जानकारी दिए । उनले आफूलाई स्वतन्त्र सांसद भएको बताउँदै राष्ट्रिय जनमोर्चाले जता मत दिन्छ उतै दिने बताएका छन् ।
‘मलाई नेकपा एमालेको ह्वीप लाग्दैन । म स्वतन्त्र सांसद हुँ’, उनले भने, ‘जनमोर्चाले जता भोट दिन्छ म पनि त्यतै हुँ ।’




प्रतिक्रिया