काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक जारी छ । जसपाको केन्द्रिय कार्यालय बालकुमारीमा पदाधिकारी बैठक मंगलवार बिहानैबाट बसिरहेको छ । सत्ता गठवन्धनवारे निर्णय गर्न जसपाका नेताहरु जुटेका हुन । बैठकमा अध्यक्ष महन्थ ठाकुर, बावुराम भट्टराई, उपेन्द्र यादव,राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई सहभागी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको बेला जसपाको बैठक बसेको हो । बैठकमा नेता भट्टराईले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने धारणा राखेर बाहिरिएका छन् ।
जसपाभित्र अध्यक्ष ठाकुर र नेता महतो ओली सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादवसहितका नेता अविश्वासको प्रस्ताव तुरुन्त दर्ता गर्ने पक्षमा छन् ।
जसपाभित्र यसअघि स्थगित भएको कार्यकारी समितिको बैठक बोलाएर सरकारबारे निर्णय गर्नुपर्ने दबाव नेताहरुले दिइरहेका छन् । नेता उपेन्द्र यादवको ५१ सदस्यिय कार्यकारणी समितीमा बहुमत छ भने दलमा ठाकुरको पक्षमा बढी सांसद छन् । तर, संसदीय दलमा भने पुर्व शहरी विकासमन्त्री ईस्तियाक राई, प्रदिप यादव र रेणु यादवको निर्णायक भुमिका छ ।




प्रतिक्रिया