गण्डकीमा अविश्वास प्रस्ताव : कांग्रेस र माअ‍ोवादीका सांसदलाई एउटै होटलमा राखियो, नेपाल पक्ष के गर्ला ?

गण्डकीमा अविश्वास प्रस्ताव : कांग्रेस र माअ‍ोवादीका सांसदलाई एउटै होटलमा राखियो, नेपाल पक्ष के गर्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावकहरुलाई एउटै होटलमा राखेको पाइएको छ । नेपाली कांग्रेस र माअ‍ोवादी केन्द्रले आफ्ना सांसदहरुलाई लेकसाइडमा रहेको होटल कुटीमा राखेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दार्ता भएको अविश्वासको पक्षमा मत जुटाउनका लागि दुवै पक्षका सांसदहरुलाई एउटै होटलमा राखिएको हो । माओवादी केन्द्रका एक प्रदेश सांसदकाअनुसार दुवै पक्षका केही सदस्यले फ्लोर क्रस गर्न सक्ने भएकाले एउटै होटलमा राखिएको छ ।

‘माओवादी केन्द्र र कांग्रेससहितका सांसदहरु एक ढिक्का छौं । कर्णालीमा जस्तो फ्लोर क्रस गर्ने सम्भावना हुन्छ कि भनेर पनि यसाे गरिएको हो’, ती सांसदले भने, ‘लामो समय छुट्टै रहेका कारण दुवै पक्षबीच हार्दिकता कायम गराउन र केही विषयमा सामूहिक छलफलमा जुट्नुपर्ने कारण होटलमा बसिएको हो ।’

गण्डकीमा मुख्यमन्त्रीविरुद्ध जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि मतदान गर्ने बचन दिएका छन् । एमालेको समर्थनमा निर्वाचन भएका सांसद राजीव गुरुङले आफू स्वतन्त्र रहेको भन्दै सोमबारको प्रदेशसभा बैठकमा छुट्टै बस्ने कुर्सीको व्यवस्था गरेका थिए ।

उनले जनमोर्चाले जसलाई समर्थन गर्छ आफू पनि उसैलाई सहयोग गर्ने बताइसकेका छन् । हालसम्मको अवस्थालाई हेर्दा जनमोर्चाले कांग्रेस–माओवादीलाई समर्थन गर्ने बताएको छ ।

नेपाल पक्षले के गर्ला ?

गण्डकीमा नेकपा एमालेका नेता माधव नेपाल पक्षले फ्लोर क्रस गर्ने सम्भावना रहेको छ । यसअघि कर्णाली प्रदेशबाट फ्लोर क्रस गरेको नेपाल समूहले गण्डकीमा पनि दोहोर्याउने सम्भावना रहेको स्रोतले जानकारी दियो ।

गण्डकीमा नेपाल पक्षबाट एक जना सांसद रहेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुमाथि आक्रामक नीति लिएका कारण प्रदेशमा असहयोग गर्ने नेपाल पक्षले बताउँदै आएको छ ।