पीसिआर शुल्क तोकिएको भन्दा बढी लिए कारबाही गर्ने स्वास्थ्य मन्त्राालयको चेतावनी

पीसिआर शुल्क तोकिएको भन्दा बढी लिए कारबाही गर्ने स्वास्थ्य मन्त्राालयको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य मन्त्रालयले पीसिआर परीक्षणको शुल्क तोकिएभन्दा बढी नलिन अनुरोध गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै तोकिएको भन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले एक हजार र निजी प्रयोगशालाले दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर निजी प्रयोगशालाले संक्रमण रोकथामको नाममा थप शुल्क लिएको भन्ने गुनासो आएपछि मन्त्रालयले तोकिएको शुल्कमात्रै लिन र त्यसबाहेक कनै पनि बहानामा थप शुल्क नलिन अनुरोध गरेको हो ।