भारतबाट फर्किएकी महिलाको मृत्यु भएपछि डोटीमा गाउँ नै सिल गरियो

भारतबाट फर्किएकी महिलाको मृत्यु भएपछि डोटीमा गाउँ नै सिल गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी – शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ ।

केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको वडा अध्यक्ष खडकबहादुर शाहीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो गाउँको पूर्वतीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ । यसैगरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवत जावत गर्नमा यहि २० गतेसम्म बन्देज गरिएको छ ।

जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउजे क्रम बढ्नुका साथै उनीहरु क्वारेन्टिन नबसि सिधै गाउँ जानथालेका कारण गाउँमा कोरोना सङ्क्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ । जिल्लामा कम्तिमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रोजगारी गरी घर फर्किएको बताइएको छ ।