नेपालले तेस्रो मुलुक जान रोकेपछि भारतले जारी गर्यो ‘ट्राभल एड्भाइजरी’

नेपालले तेस्रो मुलुक जान रोकेपछि भारतले जारी गर्यो ‘ट्राभल एड्भाइजरी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको अध्यागमन विभागले ट्रान्जिट भएर तेस्रो मुलुक जान रोक लगाएपछि भारतले आफ्ना नागरिकहरुलाई सचेत गराएको छ ।

मंगलबार नेपालस्थित भारतीय दूतावासले नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा उड्न रोक लागेसँगै भारतले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै सचेत गराएको हो ।

अध्यागमन विभागले भोलीबाट लागु हुने नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेको थियो ।
दूतावासले तोकिएको मितिपछि नेपालबाट तेस्रो मुलुकमा जाने गरी नेपाल नआउन सचेत गराएको छ ।

दूतावासले पहिले नै नेपालमा रहेका भारतीय नागरिकहरूको सुविधाका लागि नेपाली अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।