सार्वजनिक यातायातका सवारी बन्द गर्ने निर्णयप्रति यातायात व्यवसायीको आपत्ति

सार्वजनिक यातायातका सवारी बन्द गर्ने निर्णयप्रति यातायात व्यवसायीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सार्वजनिक यातायातका सवारी साधन बन्द गर्ने सरकारको निर्णयप्रति यातायात व्यवसायीले आपत्ति जनाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारले काठमाण्डु उपत्यकामा यही वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । तर, आन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । सरकारको निर्णय विभेदपूर्ण रहेको भन्दै उनले उक्त निर्णय पुनर्विचार गर्न माग गरे ।

हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी–साधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भन्दै उनले लामो दूरीका सवारी साधन चलाउन दिनुपर्ने बताए । आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णय नमान्ने व्यवसायीले बताउँदै आएका छन् ।