लाइसेन्सको अनलाइन आवेदन बिहीवारदेखि बन्द हुने

लाइसेन्सको अनलाइन आवेदन बिहीवारदेखि बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ ।

विभागले सूचना निकालेर कोरोना महामारीका कारण वैशाख १६ गते बिहीवारदेखि अर्काे सूचना नआएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जनाएको हो ।  गत वर्ष लकडाउन तथा निषेधाज्ञाले झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको परीक्षा रोकिँदा सेवाग्राहीको चाप बढेको थियो ।

अहिले अनलाइन आवेदन दिएकाहरूको परीक्षा दिने पालो झण्डै आठ महिनापछि तोकिन थालेकोमा विभागले तत्कालका लागि आवेदन नै रोकेको हो ।