जसपाका कारण रोकियो प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव, निर्णय कुर्दै कांग्रेस–माओवादी

जसपाका कारण रोकियो प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव, निर्णय कुर्दै कांग्रेस–माओवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीको निर्णयले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्धको अविश्वासको प्रस्ताव रोकिएको छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको दर्ता गर्ने तयारीमा रहेका कांग्रेस र माअ‍ोवादी केन्द्र जसपाको निर्णयले दोधारमा परेका छन् ।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले जसपाको निर्णयले दोधारमा परेको  निष्कर्ष निकालेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले जसपाले निर्णय दिने बित्तिकै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताए ।

उनले जनता समाजवादी पार्टीको निर्णय कुरिरहेकाले केही दिन समय लाग्ने बताए । बैठकले जसपालाई चाँडै निर्णय गर्न आग्रह गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव ल्याउन हामी तयार भएको हो । कांग्रेस बल्ल तयार भएको छ । जसपाले निर्णय गर्नासाथ प्रक्रिया अगाडि बढ्छ । यो निर्णय अब लम्बिनवाला छैन् । चाँडै अघि बढ्छ’, उनले भने ।

प्रवक्ता श्रेष्ठले प्रतिगमनकाविरुद्ध एक जुट भएका शक्तिहरु मिलेर नयाँ सरकार निर्माण हुने भएकाले जसपाले निर्णय गरेपछि प्रक्रिया अगाडि बढ्ने बताए ।

‘यो सरकारलाई विस्थापित गरेर संविधानको रक्षा लोकतन्त्र रक्षा र प्रतिगमनका विरुद्ध संघर्ष गरेका शक्तिहरु मिलेर नयाा सरकार बनाउने तयारी गरिरहेका छौं । जसपाले निर्णय दिएपछि प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।