काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार साँझ उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको अस्पतालले जनाएको छ ।
सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।
गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । हालै उनका छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वास्थ्य थप बिग्रिदै गएको जस्तो देखिन्थ्यो ।




प्रतिक्रिया