काठमाण्डु – माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी गर्दै खड्काको राष्ट्रियसभा सदस्य पद खाली भएको जानकारी दिएका छन् ।
माओवादी केन्द्रबाट सांसद बनेका खड्का नेकपा एमालेमा प्रवेश गरेपछि वैशाख १० गते उनलाई बर्खास्त गर्न राष्ट्रिय सभा सचिवालयमा संसदीय दलका नेता दीनानाथ शर्माले पत्र पठाएका थिए ।
माओवादी केन्द्रले यसअघि गृहमन्त्री रामबहादुर थापा बादललाई पनि बर्खास्त गरेको थियो । गृहमन्त्री बादलको ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।





प्रतिक्रिया