काठमाण्डु – पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकालाई एम्बुलेन्स र शव वाहन हस्तान्तरण गरेका छन् ।
संसद विकास कोषबाट खरीद गरिएको एम्बुलेन्स र शव वाहन आज एक कार्यक्रमकाबीच वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गरेका हुन् ।
कोरोना संक्रमणको महामारीमा जनताको आवश्यकतालाई मध्यनजर गर्दै संसद विकास कोषको रकम एम्बुलेन्स र शव वाहनमा खर्च गरेको उनले बताए ।
वीरगञ्ज महानगरपालिकाको मातहत चल्ने एम्बुलेन्स निःशुल्क रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत सांसद यादवले नगर प्रमुख सरावगीलाई आग्रह गरेका छन् ।





प्रतिक्रिया