सरकार र जसपाबीच सम्झौताको अन्तिम तयारी, यी विषयमा हुंदैछ सहमती

सरकार र जसपाबीच सम्झौताको अन्तिम तयारी, यी विषयमा हुंदैछ सहमती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) र सरकारबीच सम्झौताको तयारी भएको छ । मन्त्रिपरिषदको बैठकले जसपाका नेता तथा कार्यकर्ताहरुमाथी लागेका १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेसंगै जसपा र सरकारबीच सम्झौताको तयारी भएको हो ।

सरकारले जसपाका १ सय २० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । जसपाले आफ्ना माग पुरा भएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने र सरकारमा सहभागी हुने बताउंदै आएको थियो । प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमतीको लागी विभिन्न चरणमा छलफल भएको थियो ।

स्रोतले दिएको जानकारी अनुसार जसपा र सरकारबीच आज सांझ वा भोलीसम्म सम्झौता गर्ने तयारी छ । त्यसका लागी सहमतीको खाका समेत तयार भइसकेको बताइन्छ ।

दुवै पक्षबीच जसपाका नेता कार्यकर्तामाथी लागेका बांकी मुद्दा फिर्ता लिने,संविधान रिभ्यु गर्नको लागी टास्कफोर्स वा कमिशन बनाउने, नागरिकताको समस्या समाधान गर्नको लागी संसद सचिवालयमा संविधान संशोधनको गर्नको लागी प्रस्ताव दर्ता गर्ने,लाल आयोगको प्रतिवेदनको साराशं सार्वजनिक गर्ने र ओली नेतृत्वको सरकारमा सहभागी हुनेलगायतको सहमती गर्ने तयारी छ ।

‘संम्भवत् आज मध्यराती वा भोलीसम्म सरकारसंग हाम्रो सम्झौता भइसक्छ,अहिले ड्राफ्ट आदान प्रदान गर्ने काम भइरहेको छ । ’ जसपाका एक नेताले काठमाण्डुपाटीसंग भने ।

आजै सम्झौता भएलगत्तै जसपा सरकारमा सहभागी हुने तयारी छ । त्यसका लागी जसपाले प्रधानमन्त्री ओलीसंग १० वटा मन्त्रालय पाउनुपर्ने माग राखेको छ । तर, प्रधानमन्त्री ओली भने जसपालाई ८ मन्त्रालय दिन सकिने बताएको स्रोतको दावी छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसंग अर्का अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा मन्त्री बनाउने विषयमा छलफल गरिसकेको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीले यादव सरकारमा आए आफुलाई कुनै समस्या नहुने बचन दिइसकेको बताइएको छ ।

यादवलाई प्रधानमन्त्रीपछि दोस्रो वरियतामा राखेर उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्रालय दिने सम्भावना छ । त्यसमा यादवलाई मनाउने प्रयास ठाकुरले गरिरहेका छन् । जसपाको पदाधिकारी बैठकमा समेत यादवले मध्यमार्गी भनाई राखेका थिए । प्रधानमन्त्री ओलीसंग आक्रामक रहेका यादव पछिल्लो समय जसपाले राखेका माग सरकारले पुरा गरेसंगै नरम बनेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा यादव सहभागी भए राजेन्द्र श्रेष्ठको मन्त्री बन्ने सम्भावना छ । त्यसैगरी जसपाबाट राजेन्द्र महतो,शरदसिंह भण्डारी,राजकिशोर यादव,अनिल झा,चन्द्रा चौधरी, इस्तियाक राई,प्रदिप यादव,रेणु यादव र उमाशंकर अरगरीया मन्त्री बन्ने लगभग पक्का छ । उपसभामुख जसपाले पाएको अवस्थामा रेणु यादवलाई उपसभामुख बनाउने सम्भावना पनि छ ।