काठमाण्डु – गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि आज बस्ने भनिएको गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाले सांसद सम्पर्कविहीन भएको भन्दै पत्र दिएकाले बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताए ।
जनमोर्चाकी सचेतक प्रमुख पियारी थापाले आफ्ना पार्टीका सांसद शाहीको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र सार्वजनिक नभए सम्मका लागि सदन स्थगित गर्न माग गर्दै प्रदेशसभमा निवेदन दर्ता गराएकी थिइन् ।




प्रतिक्रिया