काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकले गरेका ५५ वटा निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सचना प्रविधिमन्त्री पार्वत गुरुङले वैशाख ६, ९ र १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू आज सार्वजनिक गरेका हुन् ।
सरकारले जसपाका कार्यकर्ताको मुद्दा फिर्ता लिनेदेखि त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउने खेलाडी र प्रशिक्षकहरूलाई पुरस्कार दिनेसम्मका निर्णय गरेको उनले जानकारी दिए ।
त्यस्तै मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावमा दीगो खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्न फिनल्याण्ड सरकारबाट प्राप्त हुने ९ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यी हुन मन्त्रिपरिषदले गरेका निर्णयहरु:




प्रतिक्रिया